प्रहरीले १३ वर्षपछि आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको अभियोग लागेका एक व्यक्तिलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर, नगरखाना आखाडाघाटका राजेशकुमार गुप्ता छन् ।
भारत मुजफ्फापुर, नगरथाना आखाडाघाटका ४५ वर्षीय राजेशकुमार गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले साउन ३ गते सर्लाहीस्थित मलंगवा-८, गोरखकालीबाट पक्राउ गरेको हो । उनी १३ वर्षदेखि फरार थिए । उनीमाथि आफ्नै भान्जा ११ वर्षीय रोहित गुप्ताको अपहरण गरी हत्या गरेको अभियोग छ ।
सोही हत्याको अभियोग लागेका धादिङका विष्णु सुनारलाई २०६४ मंसिर १२ गते प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी कारागारमा छन् ।