कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्य भएको सरकारले घोषणा गरेको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्। कोरोना महामारीका कारण सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको थियो। करिब तीन महिना २५ दिनपछि सरकारले लकडाउन अन्त्य भएको सार्वजनिक रुपमै बताएको हो।