नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

News

नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा आज (शुक्रबार) बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा अर्को पहिरो खसेको छ । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको छ । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो। त्यो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।

आज बिहान खसेको पहिरोका कारण दुईतर्फी नै सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने चार किलो, सत्र किलो, चोरखोला लगायतका ठाउँमा पहिरोले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।