प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातीको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवसका अवसरमा आज बिहान भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बाघको संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व भएको बताउनुएको छ ।
सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बाघको संख्या बढ्दै गर्दा मानवसँग द्वन्द्व बढ्न सक्ने सम्भावना पनि रहेको औल्याउनुभएको छ ।
बाघ नेपालको पहिचान भएको प्रधानमन्त्रीको भनाइ छ । द्वन्द्वपीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ ।