कोरोना संक्रमणले दुर्घटना निम्त्याउने देखियो, हेलचेक्र्याई नगरौँ : स्वास्थ्य मन्त्रालय

Health-Education

सरकारले नेपालमा कोरोना संक्रमणको महामारी सुरु भएको ठहर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमसभा, सभा तथा धेरै भिडभाड हुन थालेको भन्दै त्यसलाई दुखद भनेको छ । मन्त्रालयले त्यस्ता कार्यक्रम नगर्न आग्रह पनि गरेको छ । काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढिरहेको निष्कर्ष निकाल्दै मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

नागरिकले देशभरका ठूला सहर र नाकामा सतर्कतान नअपनाइएको भन्दै जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सने चेतावनी पनि मन्त्रालयले दिएको छ । भारतबाट २१ जना कामदार ओखलढुंगा लगिएको र तिमध्ये १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिदै मन्त्रालयले जोखिम बढेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्दै गएको खण्डमा उपचारका लागि समयसमेत नपाउने चेतावनी पनि दिएका छन् ।

भारतमा संक्रमण तीब्र रुपमा बढिरहँदा नेपालमा पनि जोखिम भएको गौतमले बताए । नेपालसँग जोडिएका भारतका उत्तारान्चल, उत्तरप्रदेश, विहार र वेस्ट बंगाल गरी चार प्रदेशमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम बढेको गौतमले बताए ।

वीरगंजमा मात्रै २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको भन्दै गौतमले उच्च सतर्कता अपनाउनुको विकल्प नभएको बताए ।