कोरोना पुष्टि भए लगतै दुई जना सम्पर्कविहीन

Health-Education

कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई जना सम्पर्कविहीन बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्कविहीन भएका हुन् । शुल्क तिरेर गरिने परीक्षणका लागि उनीहरुले शुक्रबार स्वाब दिएका थिए ।

उनीहरु कोरोना पोजेटिभ पुष्टि भए लगतै सम्पर्क बाहिर गएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ  उनीहरुले आफ्नो ठेगाना बुटवल वडा नं. ६ र सम्पर्क नम्बर एनसेलको मोबाइल नम्बर टिपाएका थिए ।  उनीहरुको खोजी तीब्र जारी रहेको अस्पतालले जानकारी दिएको छ ।