इलाममा कार्यरत सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएकोमध्ये झण्डै आधामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ।