नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौंमा दुई जना पक्राउ

काठमाडौंको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी […]

Continue Reading

स्रोत नखुलेको साढे पाँच लाख नगदसहित एक जना पक्राउ

वीरगन्ज महानगरपालिका–१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २–०३–१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले […]

Continue Reading

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ घर भई हाल काठमाडौं  टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाही छन् । उनलाई  आइतबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ जेठ २६ गते उनलाई बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार […]

Continue Reading

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानसहित ६ जना छन् । मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार रूपैयाँ र १ बुक […]

Continue Reading

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

Continue Reading