बर्दियामा ६ वर्षीया बालिका बलात्कृत

बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका […]

Continue Reading

महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलत्कार गरेको प्रहरीले जनाएको छ । […]

Continue Reading

दुबई पठाइदिन्छु भनि ठगी गर्ने एकजना पक्राउ

दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँ भन्दा […]

Continue Reading

विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक […]

Continue Reading

प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे

नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही कामका लागि कार्यालयभित्र पसेको मौका छोपेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुःख दिने गरेको सेवाग्राहीको गुनासो रहेको छ । हवलदार धामीले पार्किङमा […]

Continue Reading