१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो । […]

Continue Reading

हत्यामा संलग्नलाई पक्राउ माग गर्दै दोस्राे दिन पनि चक्काजाम

जितपुरसिमरा उपमहानगरपालिका- ६ निवासी राकेशभक्त पौडेलको हत्या भएको ३३ दिन पूरा भए पनि प्रहरीले अहिलेसम्म दोषीहरू पत्ता लगाउन सकेको भन्दै बुधबारबाट लगातार राजमार्ग बन्द छ । लामो समयसम्म पनि दोषी पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधवार बिहानबाट जितपुरस्थित त्रिभुवन राजपथमा चक्काजाम गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारसहित […]

Continue Reading

सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् । शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो । जसका कारण सहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन् । सेभेरोदोेनेत्स्क कब्जा गर्नु रसियाको लागि शीर्ष […]

Continue Reading

पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ । पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् । ‘वन पैदावरमा […]

Continue Reading

पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला […]

Continue Reading