१३ बर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बुबा पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२६ बस्ने ४१ बर्षीय पुरुषलाई आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटना बारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

हत्यापछि हतार हतार शव जलाउने प्रयास

कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा […]

Continue Reading

” अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठगी गर्ने अमेरिकन नागरिक पक्राउ “

भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. ३२ कोटेश्‍वर बस्ने भरत बहादुर श्रेष्ठको नाति टुक नारायण श्रेष्ठलाई पर्यटक भिषामा रहेका अमेरिकी नागरिक Danial Lee Mcgee (६५ वर्ष ) ले टुक नारायण श्रेष्ठको कोटेश्‍वरमा रहेको Atlas Security Pvt. लाई अमेरिकीमा दर्ता गरी पार्टनरसीप बनाउंछु भनी १०,००,०००।– रकम ठगी गरेको,सुजन थापा र सन्दीप […]

Continue Reading

ट्रकमै सामूहिक बलात्कार ! स्थानीयले थाहा पाएपछि समातिए

विजयपुर नगरपालिकामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन्। बिहीबार बाराको पथलैयामा अलपत्र २१ वर्षीया  युवतीलाई घर लगिदिने बहानामा विजयपुर नगरपालिकाको बैरगनिया चोकमा ट्रकमा रहेकाले सामूहिक बलात्कार गरेका थिए  गरेका थिए। फतुवा विजयपुर नगरपालिकाको सितलपुर बैरगनिया चोकमा ना२ख ६७४६ नम्बरको ट्रकमा बलात्कार भएको सूचना प्रहरीले पाएपछि घटनास्थलबाटै उनीहरुलाई समातेको हो । इलाका प्रहरी कार्यालय विजयपुरका […]

Continue Reading

निर्मला हत्याकाण्डमा मुद्दा लागेका प्रहरीलाई अदालतले दियो सफाई

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका ८ जना प्रहरीले सफाइ पाएका छन् । बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो । घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर […]

Continue Reading