जगदम्बा अटो ग्रुपलाई भन्सार कार्यालयले गर्‍यो जरिवाना

वीरगञ्ज । कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ । काठमाडौं सुविधानगरस्थित जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप १३ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । भारतको […]

Continue Reading

नाडाको साधारण सभा र निर्वाचन मंसिरमा हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । नाडाको असोज ८ गते सोल्टी होटल काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २२ र २३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार नाडाको संशोधित विधान २०७८ अनुसार […]

Continue Reading

आजदेखि सार्वजजिक सवारी साधनको नयाँ भाडादर कायम

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले […]

Continue Reading

शनिवार पनि आरजिटिएस चल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

Continue Reading

स्यानिटरी प्याडमा कर वृद्धि नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ । स्यानिटरी प्याड आयातमा आव २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा […]

Continue Reading