कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो

विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी […]

Continue Reading

कोरोना नियन्त्रणमा दाताको सहयोगः एक खर्ब ५ अर्बको प्रतिवद्धता, ७३ अर्ब ३५ करोड खर्च

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दातृ निकायले नेपाललाई ठूलो रकम उपलब्ध गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना महामारी सुरु भएयता अर्थात २०७६ चैत ११ गतेयता हालसम्म बिभिन्न दातृ निकायले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई ८७ करोड १५ लाख ४४ हजार ३७० अमेरिकी डलर (१ खर्ब ५ अर्ब २१ करोड ३५ लाख […]

Continue Reading

लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइने भएको छ । फागुनको अन्तिम सातादेखि लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको हो । हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत फागुन २८ गतेदेखि जिल्लामा औषधि खुवाउने स्वास्थ्य कार्यालय लमजुङले जनाएको हो । लमजुङमा पनि हात्तीपाइले रोगको उच्च जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए […]

Continue Reading

काभ्रेमा कोरोना संक्रमणदर शून्य

काभ्रेपलाञ्चोक । जिल्लामा तीन दिनदेखि कोरोना संक्रमण देखिएको छैन । यस अवधिमा चार संक्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ । केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको संक्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा संक्रमण देखिएको तथा एक संक्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ […]

Continue Reading

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट

खोटाङ । साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरेको हो । सामुदायिक विद्यालयमा इन्टरनेटका माध्यमबाट प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष […]

Continue Reading