मुगुमा तीन दिने निशुल्क आँखा शिविर सञ्चालन

हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविर असार ३ […]

Continue Reading

अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्ततक वितरण गर्नेलाई अविलम्ब कारबाही गर्ने जानकारी दिए । सांसदहरुले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले पाठ्युस्तक तयार गरेर वितरण गरेको भन्दै आपत्ति जनाएका […]

Continue Reading

मिर्गाैला प्रत्यारोपण पोखरामै गराउने गण्डकी सरकारको घाेषणा

गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गाैला प्रत्यारोपण गराउने जनाएको हो । प्रदेशभित्रका मिर्गाैला राेगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । […]

Continue Reading

सरकारले गर्यो रगतको समेत मूल्य वृद्धि

सरकारले रगतको मूल्य वृद्धि गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । ब्लड ब्यागको मूल्य पनि १५० […]

Continue Reading

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र

लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका – २ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले […]

Continue Reading