मेलिना राईले तोडिन् सञ्जिव बराइलीसँगको इन्गेजमेन्ट

गायिका मेलिना राईले सञ्जिव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन् । मेलिना राईले सामाजिक सञ्जालमार्फत आफूहरुले इन्गेजमेन्ट तोडिएको जानकारी दिएकी हुन् । दुई पक्षबीच बिचारमा मिल्न छाडेपछि आफूहरु इन्गेजमेन्ट तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छिन् । उनी भन्छिन्, ‘केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा […]

Continue Reading

‘भ्वाइस अफ नेपाल’काे सिजन ४ मा निर्णायक परिवर्तन : दीप र तृष्णाकाे सट्टा राजेशपायल र प्रविशा

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउने भएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर […]

Continue Reading

तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक […]

Continue Reading

वरिष्ठ संगीतकार रन्जित गजमेर सम्मानीत

वरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए । सम्मान कार्यक्रममा संचारकर्मी तथा गीतकार डा. नवराज […]

Continue Reading

डिजे सन्तोषको “जालेरुमाल”

लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन् । […]

Continue Reading