नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

नेपाल र मोरक्कोबीच पहिलो पटक द्विपक्षीय परामर्श संयन्त्रको बैठक बसेको छ । बैठक मोरक्कोको राबाटमा भएको हो । नेपाल र मोरक्कोबीच सन् २०१७ मा दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्झौता भएको थियो । स्थापना भएपछि संयन्त्रको बैठक बस्न सकेको थिएन । स्थानीय समयअनुसार बिहीबार बसेको संयन्त्रको पहिलो बैठकमा नेपाल–मोरक्को सम्बन्धका सबै […]

Continue Reading

भारतमा राष्ट्रपतिः सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ द्रौपदी मुर्मु

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छिन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई […]

Continue Reading

इक्वेडरको जेलमा भड्कियो हिंसा, १३ जनाको मृत्यु

इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो । अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । जेल […]

Continue Reading

युक्रेन युद्धमा मारिए १५ हजार रुसी सेना

रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । […]

Continue Reading

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए […]

Continue Reading