बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित

बेइजिङमा पछिल्लो तीन सातामा उच्च संख्यामा दैनिक कोभिड सङ्क्रमित देखिएका छन् । सङ्क्रमित बढेसँगै राजधानीमा पुनः केही प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । तर, बेइजिङमा सांघाइमा जस्तो कडाइ नगरिने जनाइएको छ । कठोर प्रतिबन्धपछि सांघाईमा केही साताअघि खुकुलो बनाइएको थियो । बेइजिङमा सोमबार एकै दिन ७४ जनामा संक्रमण देखिएको थियो । यो २२ मे पछिकै […]

Continue Reading

इन्धन निर्यातबाट रुसले कमायो ९८ अर्ब डलर

युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ । अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् । तर, फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले गरेको अनुसन्धानअनुसार युक्रेनमा […]

Continue Reading

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे: चीन

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे । बैठकमा […]

Continue Reading

बन्दुकसम्बन्धी कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा जुलुस

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख सहरहरूमा जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो । सयौंको संख्यामा र्‍यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् । […]

Continue Reading

इटाली हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Continue Reading