सेतीमा खसेकी युवतीको शव आठ दिनपछि भेटियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला […]

Continue Reading

आधाले घट्यो चिडियाखानाको आम्दानी

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले घटेको छ । कोभिड–१९ सुरु हुनुभन्दा पहिलेको वर्षमा वार्षिक १५ करोड रुपैयाँसम्म आम्दानी हुने गरेकामा गत आर्थिक वर्षमा सात करोड रुपैयाँ मात्र आम्दानी भएको चिडियाखानाको […]

Continue Reading

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने तयारी गरेको जनाएको हो । “इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासङ्घ र इन्टरनेट […]

Continue Reading

दुई बालिकासहित तीनको डुबेर मृत्यु

सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार […]

Continue Reading

न्यायाधीशलाई मानपदवी नदिन बार एसोसिएसनको आग्रह

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न/नगराउन सरकारलाई आग्रह गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकालाई प्रभावित गर्ने गरी यस्ता प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा […]

Continue Reading