रुपा सुनार प्रकरण : घरबेटी प्रधान धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर […]

Continue Reading

फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याइँदै

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ। स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले फ्रान्सबाट ल्याउन लागेको हो। विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार स्मार्ट कार्ड अबको एक महिनाभित्रमा नेपाल आइपुग्ने छ। उनले भने,‘कार्ड ल्याउन सबै प्रक्रिया पूरा गरिसकेका छौँ,अबको एक महिनामा कार्ड नेपाल आइपुग्छ।’ स्मार्ट […]

Continue Reading

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले […]

Continue Reading

हास्यव्यङ्ग्यकार भैरव अर्यालको ८६औँ जन्मजयन्ती मनाइयो

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उनको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार गुठीद्वारा आज आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उनका रचना कालजयी भएको बताए । नेपाली साहित्यबाहेक पत्रकारिकताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार […]

Continue Reading

पर्वतीय उडान पुनः सुरु

काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदैआएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिवार पर्वतीय उडान सञ्चालन गरिने आज […]

Continue Reading