पहिरोबाट घर भत्किँदा सात जना घाइते

अविरल वर्षासँगै आएको पहिराले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन् । बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पहिरामा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् […]

Continue Reading

त्रिशुली नदीमा खसेको ट्रक र चालक नै बेपत्ता

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक सो नदीमा आज बिहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च रहेको छ । चालक […]

Continue Reading

मौलापुर नगरसभा झडप : १४ राउण्ड हवाइ फायर, दुई असईसहित ९ प्रहरी घाइते

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएपछि प्रहरीले २३ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । नगरसभालाई अवरुद्ध गर्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले समूहलाई नियन्त्रणमा लिन २३ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “झडप २ पटक गरेर भएको हो । प्रहरीले २३ राउण्ड अश्रुग्यास र १४ राउण्ड हवाइ […]

Continue Reading

कृषिको आधुनिकरणका लागि ‘एक घर एक टनेल’

कास्कीको रुपा गाउँपालिकाले कृषिको आधुनिकीकरण एवम् व्यावसायिकरणलाई जोड दिंँदै ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यावसायिक कृषिका माध्यमवाट स्थानीयवासीलाई स्वरोजगार बनाउँदै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिइएको बताउनुभयो । “एक घर एक उत्पादन” भन्ने लक्ष्यका साथ […]

Continue Reading

मनाङको सडक खुलाउन हेलिकप्टरबाट इन्धन पठाइने

मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो […]

Continue Reading