बोरिङ खन्दा निस्कियो ग्यास

कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ । स्थानीयले महानगरीय […]

Continue Reading

मेलम्चीको पानी एक महिना वितरण नहुने

काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार पहिले पानी […]

Continue Reading

दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुरा, नाममात्रको छानबिनमा सिमित

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भइ २१ वर्षमा प्रवेश गरेको छ । ०५८ साल जेठ १९ गते साँझ राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको सम्पूर्ण परिवारको वंशनाश भएको थियो । राजाहरुमध्ये राजा वीरेन्द्र शान्तिप्रेमी, विकासप्रेमी र जनभावना अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने राजाको रुपमा चिनिन्थे । राष्ट्रियताको हिसाबले राष्ट्रवादि मानिएका राजामाथि आजकै दिन […]

Continue Reading

अस्ताए उज्जवल

विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको निधन भएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलवार (आज) अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि भाइरसले त्यसअघि दीर्घकालिन क्षति गरिसकेको र स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपनि चिकित्सकले हरसंभव प्रयास गरिरहेको बताएका थिए । उनको भेन्टिलेटर र इक्मो विधिबाट […]

Continue Reading

निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् । निषेधाज्ञामा एकल, गर्भवती महिला, मस्तिष्क पक्षाघातका बिरामी, रोजगारी गुमाएका, दैनिक ज्याला मजदुरी गर्ने, सार्वजनिक पाटीमा […]

Continue Reading