हलेसी बन्यो बोलबमले व्यस्त

बोलबमका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउने दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि हरेक सोमबारका दिन तीर्थयात्रीको घुइँचो लागिरहेको छ । कोभिड–१९ को महामारीले दुई […]

Continue Reading

मिटरब्याजी अपराध नियन्त्रण गर्न ६ सदस्यीय कार्यदल गठन

सरकारले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहलकदमी लिन […]

Continue Reading

निहारिकाले गरिन् पेट्रोल खन्याएर आत्मदाहको प्रयास, प्रहरीले लियो नियन्त्रणमा

आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत […]

Continue Reading

तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए

बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ […]

Continue Reading

स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए

वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ-१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए। सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका […]

Continue Reading