लेक लागि बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका- ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० […]

Continue Reading

ठेचोको १२ वर्षे नवदुर्गा भवानी देवी नाच सुरू, भोजभतेर, विवाह, व्रतबन्ध निषेध

गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानी देवी नाच सुरू भएको छ । १२ वर्षमा एक पटक मनाइने नाच करिब वर्षभरि नै चल्छ । १० साउन गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा/नाच प्रारम्भ भएको मानिन्छ । जात्राको क्रममा मन्दिरमा ताल्चा १२ वर्षे एक पटक मात्र लगाइन्छ । अन्य वर्षहरूमा तीन सय ६५ दिनै […]

Continue Reading

बागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्‍यो उद्धार

प्रहरीले बागमती नदीमा हामी फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन । प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Continue Reading

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

Continue Reading

धरानमा रेड पाण्डाको छालासहित तीन जना पक्राउ

धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले […]

Continue Reading