लमजुङमा आगलागीबाट घर जलेर नष्ट

लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ । आइते सार्की र उनकी पत्नी उजेली बस्दै आएको घरमा मंगलबार बिहान आगलागी भएको हो । वृद्धवृद्धा मात्रै बस्दै आएको घरमा बिहान १० बजेको आसपासमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले मंगलबार बिहान अन्दाजी साढे […]

Continue Reading

सात दिनभित्र प्रहरी प्रशासन प्रदेश मातहत राख्ने प्रक्रिया थाल्न मधेश प्रदेशको अल्टिमेटम

मधेश प्रदेश सरकारले प्रहरी प्रशासन आफू मातहत दिन माग गर्दै अल्टिमेटम दिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघि नै प्रहरी प्रशासन प्रदेश मातहत दिन माग गर्दै मधेश प्रदेश सरकारले आइतबार ज्ञापनपत्र बुझाएको छ । मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले आइतबार मधेश प्रदेश प्रमुख हरिशंकर […]

Continue Reading

काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक हर्न निषेध

काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको […]

Continue Reading

जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो । गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि […]

Continue Reading

सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु

जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४  साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सल्यानले जनाएको छ । जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये  बालिकाको प्रदेशिक अस्पताल  सुर्खेतमा शनिबार  दिउँसो  उपचारको क्रममा  मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय  सल्यानका सूचना  अधिकारी सन्तोष  खनालले जानकारी […]

Continue Reading