न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा

न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर […]

Continue Reading

साकेलाः सार्वजनिक खरिदमा मनपरी

खोटाङको साकेला गाउँपालिकामा खरिद प्रक्रिया मितव्ययी नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खानेपानी पाइप, रंगरोगन, सडक स्तरोन्नति, वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम सोझै गराएर खर्च लेखेको उल्लेख गरेको छ । ‘सोझै खरिद गर्दा प्रतिस्पर्धा सीमित हुन गई खरिद कार्य मितव्ययी भएको छैन,’ प्रतिवेदनमा […]

Continue Reading

भारतीय नागरिक रहेको भन्दै डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारीविरुद्ध उजुरी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो । ‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । […]

Continue Reading

सप्तकोशी बाढीले डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ । बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट […]

Continue Reading

एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ । स्व. राजा वीरेन्द्रले २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली एक रुपैयाँको नोटमा अंकित गरेकाे थियाे । तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन […]

Continue Reading