सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी

उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ । जिल्लाको सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको जानकारी दिएका छन् । […]

Continue Reading

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । । वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन […]

Continue Reading

तुरिया खोलाको बाँध फुट्दा सयाैँ बिघा खेत डुबानमा

रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका-५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए । असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् । तुरिया खोलामा […]

Continue Reading

निर्माणाधिन सुरुङ मार्ग नजिक पहिरो

धादिङको निमार्णाधिन सुरुङमार्ग नजिकै पहिरो खसेको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

Continue Reading

मुगुमा ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब

सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो । ढुवानीकाे जिम्मेवारी पाएकाे रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएकाे २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० […]

Continue Reading