बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक

बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) मनाङले जनाएको छ । पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा […]

Continue Reading

अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताएका छन् । निगरानी दैनिक मिडियाको वार्षिकोत्सवमा मन्त्री कुँवरले यस्तो बताएका हुन् । आइतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय […]

Continue Reading

समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको छ । सेवा ग्राहीको नास्तामा किरा फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो […]

Continue Reading

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

Continue Reading

रेडियो बाजुरा नजिकै बम फेला

जिल्लाको बडिमालिका-९ स्थित रेडियो बाजुरा नजिकै बम फेला परेको छ । रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडि पट्टी बम भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सुरक्षा निकायको निगरानिमा रहेकै ठाउँमा बम भेटिएको हुँदा स्थानीय त्रसित भएका छन् । उक्त बमलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली पुगी सकेको र बम डिस्पोज […]

Continue Reading