२१ वटा खानेपानी योजना निर्माण : २३६० स्थानीय घरमा पुग्यो पिउने पानी

जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले जाजरकोटमा २१ वटा खानेपानी योजनाहरु सम्पन्न गरेको बताएको छ । यहाँका २ हजार ३६० घुरधुरीले खानेपानी उपभोग गर्न पाएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । चार ठाउँमा लिप्ट मार्फत खानेपानी ल्याइएकोमा भेरी नगरपालिका १ रिम्ना , १० भुरचौरमा लिप्ट मार्फत पानी […]

Continue Reading

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । हाल नामथर वतन नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा आज साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको ना ६ […]

Continue Reading

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको साधारण शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत् कम्पनीका तर्फबाट भूषण गुरागाईंले हस्ताक्षर गरेका थिए । कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याउँदै छ । कोषले १०० रुपैयाँ अंकित […]

Continue Reading

दश महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत

समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो । परिषद्का अनुसार दश महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ […]

Continue Reading

भूमिहीनलाई जग्गा उपलव्ध गराउन आयोग र स्थानीय तहबीच सम्झौता

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमी आयोग र खोटाङका १० स्थानीय तहबीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गर्नेदेखि आवश्यक जमिन उपलव्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमी आयोग र स्थानीय तहका प्रमुखबीच सम्झौता भएको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित […]

Continue Reading