आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ । बाटो मर्मतकै […]

Continue Reading

इन्जिनियरिङ विधेयक पारित, लाइसेन्स लिन परीक्षा अनिवार्य

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यत: इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान छ । विधेयकअनुसार डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउनेछन् । यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले […]

Continue Reading

बल्खु–दक्षिणकाली सडक मर्मतसम्हार गर्न सरकारको ध्यानाकर्षण

सांसद राजेन्द्र कुमार केसीले बल्खु–दक्षिणकाली सडकखण्ड मर्मतसम्हार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘बल्खुदेखि दक्षिणकाली जाने सडकमा हजारौं सवारीसाधन चल्छन् । सडक जिर्ण छ, युवाहरुले मर्मतसम्हारको माग राख्दै सडक अवरुद्ध गरेका छन् । जनताको समस्या यथावत रहने हो भने हामीले यहाँ बोल्नुको […]

Continue Reading

नागरिकता बिद्येयकमा ५४ सांसदका ३१ संसोधन प्रस्ताव

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता बिद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ बिद्येयक पेश गरे पछि ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले […]

Continue Reading

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । मङलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर […]

Continue Reading