विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं, डोटी, गोरखा र रुपन्देहीमा चार जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन् । हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला […]

Continue Reading

नेपाल प्रहरीका ३६ डीएसपीको एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीएसपीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीका ३६ डीएसपीहरुको एसपीमा बढुवा सिफारिस गरेको हो । बढुवामा हुनेमा एसपीहरुको पहिलो नम्बर सूचीमा देवेन्द्रबहादुर पाल रहेका छन् । त्यसैगरी सिताराम रिजाल, भिमकिरण बोगटी, सुमनकुमार तिम्सिना, सरोज, पौडेल, विष्णुहरी कोइराला, भाग्यन्द्र पुरुष ढकाल, नरहरी रेग्मी, रंजितसिंह राठौर […]

Continue Reading

करेन्ट लागेर चार जनाको मृत्यु

कपिलवस्तु, धनुषा, रुपन्देही र बारामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । धनुषाको जनकपुर उपमहानगरपालिका–४ सरंचियाकुट्टीस्थित रामजानकी काठ मिलमा काम गर्ने भारत घर […]

Continue Reading

सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतिसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो […]

Continue Reading

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा […]

Continue Reading