नेकपा गहिरो संकटमा रहे पनि फुटको अवस्थामा छैन : मुख्यमन्त्री शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा यतिबेला गहिरो सङ्कटमा रहेको बताउनुभएको छ । उहाँले गम्भीर सङ्कटमा भए पनि समस्याको समाधान पार्टी कमिटीले गर्ने कुरामा पनि सबै नागरिक विश्वस्त हुनुपर्ने बताउनुभएको छ । नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले मङ्गलबार आयोजना गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री पोखरेलले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुने पनि बताउनुभएको […]

Continue Reading

प्रधानमन्त्रीद्वारा भोलि सर्वदलीय बैठक आह्‍वान

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक राजनीतिका विभिन्न विषयहरुमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ । मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी […]

Continue Reading

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ । हिजो विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भन्नुभयो, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ […]

Continue Reading

राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गरिने

राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी मंसिर २६ गते शुक्रबार दिउँसो १२ बजे रत्नपार्कमा राजसंस्थाको पक्षमा जनप्रदर्शन गर्ने जनाएको हो । राजतन्त्र पुनर्वहाली गर्न, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन, धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका […]

Continue Reading

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुईवटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गर्नुभएको छ । यसैगरी राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ पनि जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Continue Reading