एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ । गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो । एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको […]

Continue Reading

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने भएका छन् । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् । सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले […]

Continue Reading

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट […]

Continue Reading

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी […]

Continue Reading

बागमती प्रदेश संसद्‍मा पाँच प्रतिवेदन पेस

बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँचवटा प्रतिवेदन पेस भएको छ । प्रदेश संसद् बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे । प्रदेश मामिला समिति सभापति माधव पौडेल, अर्थ तथा विकास समिति सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य […]

Continue Reading