प्रदेश सरकारले केही गर्न सकेन – मुख्यमन्त्री राउत

धेस प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् । केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए । ‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो तर मधेस प्रदेशमा नै सबैभन्दा बढी युवा […]

Continue Reading

संसद बैठक : मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ । पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन […]

Continue Reading

एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज

प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन […]

Continue Reading

ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीका पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिइन् […]

Continue Reading

अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउः प्रेम सुवाल

प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए । ‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी […]

Continue Reading