उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य

सुनसरी। सुनसरी प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । आर्थिक बन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै उद्योग व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताएका हुन् । शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यति […]

Continue Reading

भदौ २३ मा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते दिउँसो ४ बजेका लागि संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । सरकारले संसदको अधिवेशन साउन ३२ गते अन्त्य गरेको थियो ।

Continue Reading

देउवा र दाहाललाई ओलीको प्रश्नै प्रश्नः एमसीसी के गर्ने ?, कहाँ छ चीनसँग सीमा विवाद ?

काठमाडौं, भदौं १९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्नैप्रश्नको वर्षा गर्नुभएको छ । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ माग्नुभएको हो । एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भन्नुभयो, […]

Continue Reading

म पार्टी विभाजनको पक्षमा छैन – मुख्यमन्त्री शाक्य

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट पारेकी छन् । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् । आगामी दिनमा […]

Continue Reading

बागमतीमा १२ सांसदले छोडे एमाले, एकीकृत समाजवादीमा सनाखत (नामावलीसहित)

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित १२ सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा १२ सांसदहरु एकीकृत समाजवादीको नाममा सनाखत गर्न उपस्थित भएका हुन् । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको थियो । सोही आज […]

Continue Reading