चौतर्फी आलोचना पछि अन्तत भीम रावलले हटाए ट्वीट

नेता भीम रावलले आफूले गरेको ट्वीट हटाएका छन् । नेता रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै ट्वीट गरेका थिए । उनको उक्त ट्वीटको चौतर्फी आलोचना भएपछि ट्वीट हटाएका हुन् । उनले हटाएका ट्वीट : “विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्र. म केपी ओलीको […]

Continue Reading

चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा वन मन्त्रीद्वारा आफ्नै तस्विर टाँसेर वितरण !

काठमाडौं। वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नै खर्चमा गृहजिल्ला डोटीमा मेडिकल सामग्री पुर्याएका छन् । आलेले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर , ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत स्वास्थ्य सामाग्रीहरु पुर्याएका छन् । […]

Continue Reading

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

प्रतिनिधिसभा विघटनको विरोधमा गमगढी बजारमा सोमबार साँझ ७ बजेतिर तीन वटा विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । नेपाल विधार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरुद्धमा गमगढी बजारको कृष्णचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको र प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त पुत्ला दहन गरेका हुन् । राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा […]

Continue Reading

निषेधाज्ञा कडा पार्न गृहको परिपत्र

गृह मन्त्रालयले कोभिड संकट व्यवस्थापन सम्बन्धी केही दिनअघि जारी भएको अध्यादेश अनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासनमा परिपत्र गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रण र यससम्बन्धि जारी गरिएका प्रतिकार्य योजना अध्यादेशका प्रावधान अनुसार कार्यान्वयन गर्न परिपत्र गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी […]

Continue Reading

खनाल, नेपाल, रावलसहित ११ जना एमालेबाट निष्कासित

नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। खनाल, नेपाल, […]

Continue Reading