बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ , यो बहसको विषय हुन सक्दैन : परराष्ट्र

International

परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो । ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ ।’

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल भएको बताएको पनि परराष्ट्रले उल्लेख गरेको छ । ‘बुद्धिज्म नेपालबाट संसारका अन्य भूभागमा फैलिएको सत्य हो । यो विषय सन्देह र विवादभन्दा पर छ। त्यसैले यसमा बहस हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यसप्रति सचेत छ,’ परराष्ट्रले भनेको छ ।

भारतीय विदेशमन्त्रीको दावि -‘बुद्ध महान् भारतीय’