गोंगबु हत्याकाण्ड : चितवनबाट १ महिला पक्राउ

Crime

गोंगबुमा दाङका कृष्णबहादुर बोहराको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीले कल्पना शाहीलाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । घटनाको अनुसधानमा खटिएका प्रहरी अधिकारीका अनुसार चितवन टाँडीस्थित माधवपुरबाट शाहीलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी स्रोतका अनुसार शाही गोंगबुमा घरमा भाडामा बस्दै आएकी थिइन् । शाहीको कोठामा घटना घटनुअघि मृतक बोहाराको आउजाउ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बोहरा भने एउटा होटलको कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । घटनामा अन्य कोही व्यक्तिको संलग्नता भएनभएको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गोंगबु हत्या प्रकरण : शवको सनाखत भयो , थप तथ्य पत्ता, एक घर सील !

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो