उपत्यकामा बढ्यो जोखिम, आजै १३८ जनामा कोरोना संक्रमण पुष्टि

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १०९ जना, भक्तपुरका ८ जना र ललितपुरका २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ ।