सञ्जय दत्तलाई तेस्रो स्टेजको फोक्सो क्यान्सर,उपचारका लागि अमेरिका प्रस्थान

Entertainment

बलिउड अभिनेता सञ्जय दत्त फोक्सो क्यान्सरको तेस्रो चरणमा पुगेको छ । उनी यही उपचारका लागि अमेरिका प्रस्थान गरेको भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ ।

केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको मंगलबार फोक्सोमा क्यान्सर भएको र क्यान्सरको तेस्रो चरणमा भएको रिपोर्ट आएको थियो ।

यद्यपि सञ्जयले सामाजिक सञ्जालमा आफूलाई स्वास्थ्य समस्याका कारण केही समय कामबाट आराम लिने र अनावश्यक समाचार नछाप्‍न आग्रह गरेका छन् । तर क्यान्सरबारे भने उनले केही बोलेका छैनन् ।