भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । बुधबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ ।
यीमध्ये ६ लाख ४३ हजार ९४८ जना सक्रिय संक्रमित छन् । योसँगै भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म १६ लाख ३९ हजार ५९९ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणबाट भारतमा ४६ हजार ९१ जनाको मृत्यु भइसकेको छ ।