बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नेपालमा थप ५२५ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
अहिले देशका विभिन्न आइसोलेसनमा ८ हजार २५ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा १०९ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९५ जना रहेको छ । अहिले देशभरीका क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । बिहीबार पीसीआर विधिबाट ९ हजार ८ सय ५९ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ४ लाख ८३ हजार २८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ जना रहेका छन ।