पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५२५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ ।