नेपाल राष्ट्र बैंकले दुई सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला र काठमाडौँ उपत्यकामा ५० प्रतिशत कर्मचारीहरु मात्रै काम गराउन बैंकहरुलाई निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षासम्वन्धी मापदण्ड अपनाउन निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले १४ बुँदे सर्कुलर जारी भेटघाट, जमघट गर्न पनि रोक लगाएको छ ।
साथै कोरोना परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका सबै कर्मचारीलाई होटलको क्वारेन्टिनमा राख्न र सो बापतको खर्च बैंकहरुलाई व्यहोर्न समेत निर्देशन जारी गरेको छ। विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न भनेको हो ।