पोखरामा मृतक महिलाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि

Health-Education

पोखराको कास्की सेवा अस्पतालमा कोरोना संक्रमित मृत्यु भएकी महिलाको छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको छ ।

ती महिल सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएको हो ।   मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीया महिलामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी मृत्यु भएकी ५० वर्षीया आमा र २५ वर्षीया छोरीचाहिँ सक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पुष्टि गरेको छ ।