गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई महिला घाइते

News

गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका छन् । जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् ।

उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको रहेको छ । रामबहादुर थापा (बादल) लाई विमास्थलसम्म स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै गर्दा ठक्कर दिएको थियो ।