गायक दुर्गेश थापा नयाँ गीत ‘आलु जस्तो गायक’ सार्बजनिक गरेको एकदिनमै झण्डै ५० लाख भन्दा बढिले हेरेका छन । गीत सार्वजनिक भएको एकदिनमै युट्युबको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । गीतमा दुर्गेश थापाले आफुले जीवनमा कुनै कुराको प्रशिक्षण नलिएको स्वीकार गर्दै आफु आफैले सिक्दै अगाडी बढ्दै गरेको बताएका छन् ।
उनले एक मार्मिक पोष्ट समेत गर्दै भनेका छन् ‘जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिकें, न नृत्य न संगीत नै जे जति गरे अनुभवको आधारमा गरें । सबैले माया दिनु भो हौसला दिनु भो । बस यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि । मलाई संगीत नजानेकोमा पछुतो छ पनि छैन पनि । तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु । आलु जस्तो गायकमा त्यस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ ।’
गायक दुर्गेशले आफु गायन क्षेत्रमा लाग्दै गर्दा आफुलाई न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगीत दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगेको बताएका छन् । गीतको म्युजिक भिडियोमा पल शाह, पुष्प खड्का, दुर्गेश थापा र सारिका थापालाई देख्न सकिन्छ ।