कोरोना संक्रमणकै कारण थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

Health-Education

नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रकमणबाट सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको निधन भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ  । उपत्यकामा मात्र २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । त्यस्तै, आज १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ ।