काठमाडौँ उपत्यकामा बढ्यो जोखिम, आज थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १६० जना, भक्तपुरका ५०  ६ जना र ललितपुरका ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ ।