नेपाल विद्युत प्राधिकरणको सिईओमा कुलमान घिसिङ पुनः नियुक्तिको समाचार कपोल्कल्पीत र भ्रामक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पार्नुभएको छ ।
‘मंगलबारको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिने निर्णय गरेको’ भन्दै थुप्रै अनलाइन न्युज पोर्टलहरुमा समाचार प्रकाशन भएका छन् । तर ती समाचारहरुमा कुनै सत्यता नरहेको र भ्रामक सुचना सम्प्रेषण भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले एक सञ्चारमाध्यमलाई बताएका छन् ।
थापाले भने, ‘यस्तो हावादारी समाचारको पछि नलाग्नुस । हुँदै नभएको निर्णयको किन पछि लागिरहेको हो ? मैले बुझीनँ ।’ उनले भने, ‘घिसिङको कार्यकाल भदौ २९ गते समाप्त हुँदै छ । अहिले नै नियुक्ति वा पुनः नियुक्तीको निर्णय गर्न कानुनी रुपमा सम्भव हुने कुरा नै होईन ।’
विभिन्न अनलाइनमा पुनः नियुक्तीको समाचार देखेपछि सामाजिक सञ्जालमा घिसिङलाई बधाई दिनेको संख्या सामाजिक सञ्जालहरुमा उल्लेख्य छ ।
घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएपछि १८ घण्टे लोडसेडीङ अन्त्य गर्न सफल भएको भन्दै पुनः उनैलाई नियुक्ती दिइनुपर्ने जनदवाव बढेको छ ।