रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै नेकपा सचिवालय बैठक स्थगित

Health-Education

भोलि शनिबार निर्धारित नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ। भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने योजना थियो।